काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर स्वामित्व ९ प्रतिशत घटाउने भएको छ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६० प्रतिशत शेयर संरचना ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको हो । आफ्नो शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने या नगर्ने विषयमा आगामी २१ दिनभित्र लिखित निवेदन दिन आग्रह गर्दै कम्पनीले जेठ २१ गते सूचना जारी गरेको हो ।
निवेदन कम्पनीको केन्द्रिय कार्यालय न्यूरोड, पोखरामा पेश गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । यस कम्पनीले देशभरका ६७ जिल्लाहरुमा १४८ ओटा शाखा कार्यालयमार्फत १ लाख २५ हजार सदस्यहरुमा सेवा प्रवाह गर्दै आएको छ ।