काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले प्रिमियम मूल्यमा १४ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १३५ रुपैयाँमा वैशाख ४ गतेदेखि यी शेयर विक्रीमा ल्याएको हो । कम्पनीको जारी पूँजी अनुसार जगेडामा रहेको शेयर मूल्य यी शेयर कम्पनीले ३५ रुपैयाँ प्रिमियम थप गरेर विक्री गर्न लागेको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीले प्रिमियम मूल्यसहित उल्लेखित कित्ता संस्थापक शेयर विक्री गर्न चैत ३१ गते स्वीकृति पाएको थियो । चैत ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यी शेयर विक्री गर्ने निर्णय गरेको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले चैत ४ गतेदेखि ७ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूले शेयर खरीद माग नगरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।