काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्न लागेकाले जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख २६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर कम्पनीले जारी गर्नेछ । निष्कासन मिति भने तय गर्न बाँकी रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।