काठमाडौं। गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले एनआईएमबी एस क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । ८ वर्षे अवधिको ब्याजदर ९ प्रतिशत रहने गरी १ हजार रुपैयाँ दरका २ लाख ६० हजार डिबेन्चर निष्कासन गर्ने प्रक्रियामा रहेको संस्थाले सोही जिम्मेवारीका लागि क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अवसरमा संस्थाका सहायक महाप्रबन्धक अर्चना प्रधान र क्यापिटलका कर्मचारी अनिल पन्थी र मनिषा दाहालको उपस्थिति थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.