काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । जेठ १४ गते विहान ९ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा करसमेत ७३ करोड १४ लाख ५८ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ प्रतिशत बोनस शेयरमात्र वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।