काठमाडौं। इन्फिनिक्स मोबाइलले बिहीवारदेखि नेपाली बजारमा ‘हट फोर्टी आई’ ल्याउने भएको छ । १६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको यो स्मार्टफोनको ३२ एमपीको सेल्फी क्यामेरा र ५० एमपीको रेयर क्यामेरा रहेको बताइएको छ ।
उत्कृष्ट डिजाइनमा रहेकोले यसले ग्राहकको ध्यान तान्ने कम्पनीको भनाइ छ । स्लिम र आकर्षक लुक्स भएको यो स्मार्टफोन टेक्नोलोजीमा चासो राख्ने र फोटोग्राफी मन स्मार्टफोन प्रयोगकर्ताका लागि स्मार्ट गिफ्ट रहेको बताइएको छ ।