काठमाडौं । नेपालका लागि काईई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको आयोजनामा शुक्रवार ‘ग्रीन ह्वील्स टु मार्वल हिल्स’ शीर्षकमा वातावरणमैत्री ग्राहक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले ग्राहक, प्रकृति प्रेमी र दिगोपनाका अभियन्तालाई एकै ठाउँ ल्याई दिगो यातायात र वातावरणीय जिम्मेवारीको उत्सव मनाएको बताइएको छ ।
र्यालीमा काईईका नवीनतम इलेक्ट्रिक मोडेलहरू काईई एक्स थ्री प्रो, ई–क्युट०२ र ई–क्युट०४ को प्रदर्शनी गरिएको थियो, जसले ब्रान्डको दिगो यातायातप्रतिको प्रतिबद्धतालाई उजागर गरेको बताइएको छ । र्याली थापाथलीबाट शुरू भएर गोदावरीसम्म पुगेको थियो । कार्यक्रममा वृक्षरोपणसमेत गरिएको थियो, जसमा सहभागीहरूले संयुक्त रूपमा ७० भन्दा बढी बिरुवा रोपेका थिए । यो अभियानले कार्बन फुटप्रिन्ट न्यूनीकरण र स्थानीय पारिस्थितिक प्रणालीमा सकारात्मक योगदान पुर्याउने उद्देश्य राखेको बताइएको छ । कार्यक्रममा रमाइला सामूहिक गतिविधि, खेल र जलपानको पनि व्यवस्था गरिएको थियो, जसले सबै सहभागीका लागि रमाइलो र अन्तरक्रियात्मक वातावरण सृजना भएको बताइएको छ ।