काठमाडौं। कामना सेवा विकास बैंकले अनलाइनमार्फत खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा सार्वजनिक गरेको छ । उक्त सुविधा थपिएसँगै बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ । अनलाइनमार्फत खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था थियो । अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको हो ।
बैंकले यो सुविधा ल्याएसँगै स्वदेश तथा विदेशमा रहेका ग्राहकले आफू अनुकुल विभिन्न प्रकारका खाता खोल्न सक्ने भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधा प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।