हवाईजहाजबाट देखिएको काठमाडौं शहरको दृश्य । सोमवार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान