विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
उद्घाटन शत्रको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झट अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ ओटा कानुन अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गरिने बताए । उनले सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए ।
सम्मेलनमा विभिन्न ८ ओटा क्षेत्रका ७१ ओटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफलपछि परियोजनाहरू छनोट गरिएको उनले बताए ।