काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई आज ऊर्जाराज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि कांग्रेसबाटै ऊर्जाराज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम)लाई यही वैशाख १० गते प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको थियो । मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएको भन्दै तामाङलाई बर्खास्त गरिएको थियो ।