काठमाडौं । ललितपुरको पाटन संग्रहालयमा आगामी बिहीवारबाट ३ दिने थान्का र पौभा कला प्रदर्शनी हुने भएको छ ।
हिमालयन आर्ट काउन्सिलले आज पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमबारे जानकारी दिएको हो । उद्घाटनको दिन आमन्त्रित पाहुनाका (कलाकार, संग्राहक र प्रविधि क्षेत्रका) लागि स्वागत समारोह आयोजना गरिने आयोजकले जनाएको छ ।
उद्घाटनको भोलिपल्टबाट मात्रै सर्वसाधारणका लागि प्रदर्शनी खुला गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा ५० भन्दा बढी मौलिक थान्का र पौभा कृतिहरूको प्रदर्शन गरिने छन् ।
कला संरक्षण र पहिचान, कलाकारहरूको सम्मान, संग्रहाक र संस्थाका लागि विश्वसनीय संरचना र वैश्विक पहुँच र संवाद विस्तार गर्ने लक्ष्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीका अवसरमा कलाकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाइने आयोजकले जानकारी दिएको छ ।