काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न जेठ ९ गते बोर्डमा निवेदन दिएको हो ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७८ करोड ४३ लाख १३ हजार ६०० रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।