काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । संस्थाले समीक्षा अवधि २०७९ पुस मसान्तसम्म ८८ शाखामार्फत ८९ हजार ५४० ग्रामीण तथा पिछडिएको क्षेत्रका महिलामा वित्तीय सेवा पुर्याउँदै आएको बताएको छ । संस्थाले २०८१ वैशाख मसान्तसम्म ६ अर्ब ३७ करोड लगानी गरेको, रू. १ अर्ब ८२ करोड सदस्यको बचत एवं बैंक तथा वित्तीय क्षेत्रको कर्जा ३ अर्ब २२ करोड परिचालन भएको बताइएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही कार्यक्रम सञ्चालन गर्न व्यवस्थापनलाई निर्देशन दिए ।