काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । कम्पनीले जेठ २६ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीका आधारमा १ बराबर शून्य दशमलव ६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले २०८० साल मंसिर २० गते हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको थियो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६२ करोड २८ लाख १० हजार रुपैयाँ कायम हुनेछ ।