काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि जेठ ३० गते एक दिन बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । निष्कासन मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोजको मिति तय गरेको हो ।
कम्पनीले १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बोर्डले जेठ ७ गते कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।