काठमाडौं । नेपालका निजीक्षेत्रलाई अन्तरराष्ट्रिय बजारबाट वित्तीय स्रोत जुटाउन चुनौती रहेको अवस्थामा विभिन्न देशले खडा गरेका विकास वित्त संस्था (डीएफआई)हरू नेपालको निजीक्षेत्रमा कर्जा तथा शेयर लगानी गर्न अगाडि बढेका छन् ।
विश्व बैंकको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले तुलनात्मक रूपमा केही अघि नेपालको निजीक्षेत्रमा लगानी गर्न थाले पनि अन्य डीएफआईहरूले भने केही वर्षयता नेपालका निजीक्षेत्रमा लगानी गर्न थालेका छन् ।
उनीहरूको लगानी, केही वाणिज्य बैंक, प्राइभेट इक्विटी फन्डहरूमार्फत र प्रत्यक्ष पनि भएको छ । ‘हालसम्म डीएफआईहरूले १ अर्ब १० करोड अमेरिकी डलर बराबर नेपालको निजीक्षेत्रमा लगानी गरेका छन्,’ इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकारी विवेक श्रेष्ठले सोमवार आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘यसमध्ये ६० करोड डलरभन्दा बढी वाणिज्य बैंकहरूमार्फत परिचालन भएको छ ।’
ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, डच इन्टरनेशनल डेभलपमेन्ट बैंक, स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्स आदिले इन्भेस्ट फर इम्प्याक्ट नेपालको स्थापना गरेका हुन् ।
विभिन्न डीएफआईले इन्भेस्ट फर इम्प्याक्ट नेपालको स्थापना गरेका हुन् । इन्भेस्ट फर इम्प्याक्ट नेपालले उनीहरूले नेपालमा गर्ने क्रियाकलापको समन्वय गर्छ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, डच इन्टरनेशनल डेभलपमेन्ट बैंक, स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्स आदिले इन्भेस्ट फर इम्प्याक्ट नेपालको स्थापना गरेका हुन् । त्यसको दोस्रो मिशनको टोली हाल काठमाडौंमा छ र एउटा सेमिनारमा उनीहरू भाग लिँदै छन् । धेरैजसो डीएफआईका प्रतिनिधिले लगानी सम्मेलनमा पनि भाग लिने श्रेष्ठले बताए ।
डीएफआईहरूले खासगरी वाणिज्य बैंकहरूबाट लगानी गरिरहेकोमा विकास बैंक र माइक्रो फाइनान्सबाट पनि लगानी गर्ने सोचका साथ अघि बढेको श्रेष्ठले बताए । ‘यो मिशनका बेला डीएफआई र दातृ निकायबीच नेपालमा लगानी बढाउन सहकार्य कसरी गर्ने भन्नेबारे पनि छलफल हुनेछ,’ उनले भने ।