काठमाडौं । बुधवार पनि नेप्से घटेको छ । अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक ११ दशमलव ९७ अंक घटेको हो । यस दिन नेप्से परिसूचक २ हजार ६६४ दशमलव ९५ विन्दुसम्म पुगेको छ भने २ हजार ६४१ दशमलव शून्य ७ विन्दुसम्म झरेको छ । अन्तिममा नेप्से २ हजार ६४६ दशमलव ९५ विन्दुमा बन्द भएको हो । ६६ कम्पनीको धितोपत्रमूल्य बढ्दा यो दिन १८१ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । समाज लघुवित्तको शेयरमूल्य भने स्थिर रहेको छ । घटेको बजारमा ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशत बढेको छ भने पियोर इनर्जीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य प्रतिकित्ता १८१ रुपैयाँ २७ पैसाले बढेर अन्तिम मूल्य १ हजार ९९४ रुपैयाँ ७० पैसा कायम भएको छ । पियोर इनर्जीको शेयरमूल्य भने प्रतिकित्ता ४२ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य ४६५ रुपैयाँ ८० पैसा कायम भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५ दशमलव ८१ प्रतिशत घटेर अन्तिम मूल्य २ हजार ४९५ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
कारोबार रकम घटेर ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा बुधवार कम रकमको धितोपत्र कारोबार भएको हो । अघिल्लो कारोबार दिन कुल कारोबार कित्ता १ करोड ५५ लाख ३८ हजारभन्दा बढी थियो भने यस दिन १ करोड ३७ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोार भएको हो । कुल कारोबार रकममा अरुण काबेली पावरको सर्वाधिक हिस्सा रहेको छ । नेप्सेका अनुसार अरुण काबेली पावरको ३६ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २७३ रुपैयाँ ६८ पैसा कायम भएको छ । कम्पनीको शेयरमूल्य यो दिन करिब ४ प्रतिशत बढेको हो ।
बुधवार एकै दिन लगानीकर्ताहरुले १९ अर्ब ९४ करोड ११ लाख रुपैयाँ गुमाएका छन् । अघिल्लो कारोबार दिन ४४ खर्ब २८ अर्ब ४० करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधवार ४४ खर्ब ८ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ कायम भएको हो । यो दिन व्यापारिक समूहको शून्य दशमलव ४९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन वित्त समूहको परिसूचक शून्य दशमलव ९० प्रतिशत घटेको हो ।
कु