काठमाडौं । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स)नेपाल सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ ।
कैलालीको धनगढीमा सम्पन्न भेलाले जयराज मिश्रको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रमिला भण्डारी, सचिवमा प्रेम कार्की, उपसचिवमा भूपेन्द्र बम र कोषाध्यक्षमा सुशील पौडेल चयन भएका छन् । यस्तै, सदस्यहरूमा कृष्ण पोखरेल, विजय केसी, देवराज पाण्डे, दीपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोविन्द भण्डारी र लीलाधर भण्डारी छन् ।
भेलाले प्रदेशको ९–९ सदस्यीय युवा र महिला कमिटीसमेत गठन गरेको छ । प्रदेशको युवा कमिटीको अध्यक्षमा पुष्कर सिंह धामी छन् । यस्तै, उपाध्यक्षमा पर्मानन्द शर्मा, सचिवमा प्रेम सिंह धामी, उपसचिवमा लक्ष्मण शाह र कोषाध्यक्षमा राम प्रसाद भट्टराई छन् । यस्तै, सदस्यहरूमा खेम धामी, मुकुन्द भट्ट, प्रकाश नाथ र गणेश कुँवर छन् ।
प्रदेशको महिला कमिटीमा भने निरमाया चौधरी अध्यक्ष छिन् । यस्तै, उपाध्यक्षमा उमा गिरि, सचिवमा शिल्पा खाती, उपसचिवमा प्रमिला पाठक र कोषाध्यक्षमा लक्ष्मी कडाला छन् । यस्तै, सदस्यहरूमा कविता आग्री, लवि विष्ट, संगीता चौधरी र अनुशा पार्की छन् ।
भेलामा प्रमुख अतिथि ओम्स नेपालका केन्द्रीय अध्यक्ष सूर्य पराजुली रहेका थिए । यस्तै, जिफन्टका प्रदेश अध्यक्ष जितबहादुर मल्ल विशिष्ट अतिथि रहेको भेलामा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ, धनगढीका उपाध्यक्ष महेन्द्रकुमार सिंह, ओम्स नेपाल केन्द्रीय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिब जनक ढकाल, केन्द्रीय सदस्यहरू महेश फुलारा, गोविन्द ओली, प्रमित पराजुली र मधेस प्रदेश संयोजक पंकज मिश्र अतिथिका रूपमा सहभागी थिए ।
भेलाका अवसरमा वनभोज कार्यक्रम पनि गरिएको थियो ।