ललितपुर । पाटन संग्रहालयमा थान्का र पौभा कला प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको पहिलो दिन थान्का र पौभा चित्र हेर्न आउनेहरूको भीड लागेको छ ।
हिमालयन आर्ट काउन्सिलको आयोजनामा आज (बिहीवार) शुरु भएको प्रदर्शनीमा विभिन्न क्षेत्रका विशिष्ट पाहुना, कलाकारहरू, संग्रहकर्ताहरू र प्रविधि क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको छ । भोलि (शुक्रवार)देखि मात्र सर्वसाधारणका लागि प्रदर्शनी खुला गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा ५० भन्दा बढी मौलिक थान्का र पौभा कलाकृतिहरू राखिएको छ । कला संरक्षण र पहिचान, कलाकारहरूको सम्मान, संग्रहकर्ता र संस्थाका लागि विश्वसनीय संरचना र वैश्विक पहुँच तथा संवाद विस्तार गर्न प्रदर्शनी आयोजना गरिएको हिमालयन आर्ट काउन्सिलले जनाएको छ । ३ दिनसम्म चल्ने उक्त प्रदर्शनी शनिवार सकिनेछ ।
प्रदर्शनीका केही झलकः