काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरूको डिलाइटफूल सौराह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
चितवनको सौराहमा वैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरूका साथ भव्यरूपमा सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्बोधन गरी कार्यक्रमको शुरुआत गरेका थिए ।
कम्पनीमा आबद्ध ३०० जनाभन्दा बढी अभिकर्ताहरुरूको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेस्डरसमेत रहेका कलाकार मनोज गजुरेलले प्रस्तुति दिएका थिए ।
त्यसैगरी लोकप्रीय सदाबहार गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई निरन्तररूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ ।