काठमाडौं । पूर्वबैंकर पर्शुराम कुँवरले बैंक तथा वित्तीय संस्थामा लगानी गरेकै आधारमा ऋण नै नदिने जस्तो नीतिगत व्यवस्था गरिए त्यसले ठूलो असर पार्न सक्ने जोखिम रहेको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारेको छलफलमा उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेबित्तिकै त्यो मान्छेलाई बैंकिङ सेक्टरले लोन नै नदिने, जोसँग पैसा छ, उसले लगानी गरेको छ, बैंकमा, अनि उसको अरु बिजनेश पनि हुन्छ । बैंक तथा वित्तिय संस्थामा लगानी गरेकै आधारमा लोन दिइएन भने यसको असर कस्तो पर्छ, यसको राम्रोसँगै अध्ययन गरेर अर्थसमितिले निर्णय लिनुपर्छ ।’
बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेबित्तिकै उद्योगी–व्यवासयीलाई ऋणबाट वञ्चित गराउन नहुने उनको भनाइ छ ।