चितवन। रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर नगरपालिकासँग विकास निर्माण, सुशासन र सामाजिक विकासमा सहकार्यका लागि प्रस्ताव गरेको छ । संघले निजी क्षेत्र र स्थानीय सरकारले संयुक्त रूपमा गर्ने महत्त्वपूर्ण योजनामा सहकार्यको प्रस्ताव गरेको हो । व्यवसाय कर, बाल उद्यान तथा हरियाली पार्क निर्माण, रत्ननगर रोटरी पुस्तकालयको स्तरोन्नति, बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम, रत्ननगर महोत्सव र समृद्ध नगर कार्ययोजनामा सहकार्य गर्न प्रस्ताव गरेको संस्थाले बताएको छ ।
संघका अध्यक्ष शंकर गिरी नेतृत्वको व्यवसायीको टोलीले नगर प्रमुख प्रह्लाद सापकोटालाई योजना समावेश गरिएको पत्र बुझाउँदै सहकार्यको प्रस्ताव गरेको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए । संघले २०५९ सालबाट शुरू भएको व्यवसाय करको २० प्रतिशत रकम उद्योग वााणिज्य संघलाई प्रदान गर्दै आएकोमा सो कार्य रोकिएको भन्दै निरन्तताको लागि आग्रह समेत गरेको छ ।