काठमाडौं । कृषि उपजको धितोमा समेत सहजरूपमा कर्जा पाइने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको उक्त व्यवस्था मौद्रिक नीतिमार्फत कार्यान्वयन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) सार्वजनिक गरेको मौद्रिक नीति भनिएको छ, ‘नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत
सहजरूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ ।’