काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनुपूर्व जलविद्युत कम्पनीहरूले विद्युत नियमन आयोगबाट सैद्धान्तिक सहमति लिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम कम्पनीले आयोगबाट जेठ १३ गते सहमति पाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । आयोगको स्वीकृतिपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।