काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा ‘लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षरोपण गरेको छ ।
बैंकले बिट द प्लाष्टिक’ भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका र कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित भाइराम सामुदायिक वनमा वृक्षरोपण गरेको हो ।
तिलोत्तमा नगरपालिकामा १०५ प्रजातिका बिरुवा र भाइराम सामुदायिक वनमा १०० भन्दा बढी बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ ।
बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले उक्त कार्यक्रम गरिएको बैंकको भनाइ छ । संस्थागत सामुदायिक उत्तरदायित्वअन्तर्गत उक्त कार्य गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको थियो । यसअघि बैंकले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोग गरेको थियो ।
बैंकले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० ओटा शाखा, १६८ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।