काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकले काठमाडौंको पुतलीसडकमा रहेको प्राउड नेपाल आईटी सप्लायर्समा छूट पाउने भएका छन् । दुई संस्थाबीच भएको समझदारीमा फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बंैकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आईटीसम्बन्धी वस्तु खरीदमा एक प्रतिशत र मर्मतसंम्भार गर्दा १५ प्रतिशत छूट पाउने उल्लेख छ ।
समझदारी पत्रमा फाइनान्सका उपप्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी र प्राउड नेपालका संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेका छन् ।