काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मकवानपुर, हेटौडामा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र यी शेयर विद्यमान संस्थापकहरुमा विक्री नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।