काठमाडौं । सोमवार स्पेशल प्रि -ओपन सेसनमा सयपत्री हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको प्रतिकित्ता रू. १९४ दशमलव ८० मा पहिलो कारोबार भएको हो ।
कम्पनीको शेयर आइतवार म्याचिङ नभएका कारण कारोबार हुने सकेको थिएन । कम्पनीको ३० लाख कित्ता शेयर गत बिहीवार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको थियो ।
पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ६ लाख कित्ता सर्वसाधारणको लागि,३ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरुको लगानी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।