काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ६५० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो ।