काठमाडौं । नेपाली बजारमा सोमवार (आज) पनि सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेपछि हालसम्मकै उच्च कायम भएको हो । अघिल्लो दिन पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।