काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात शुक्रवार पनि सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।