काठमाडौं । पछिल्लो समय हरेक दिननै विभिन्न कम्पनीहरूले संस्थाफक शेयर खरीदका लागि सूचना जारी गरिरहेका छन् । सो क्रममा शुत्रवार तीन कम्पनीहरूको ७५ हजार ४४५ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ हजार कित्ता, नेशनल लाइफको १९ हजार ९४५ कित्ता र ग्रामिण विकास लघुवित्तको ५० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी भएको हो ।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरको मूल्य प्रतिकित्ता १२० रूपैयाा , नेशनल लाइफ इन्योरेन्सको प्रतिकित्ता २२५ रूपैयाँ र ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । नेशलन लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने ग्रामिण विकास लघुवित्त र शाइन रेसुङ्गा डेभलपमेण्टको शेयर खरीदका लागि न्यूनतम ५ हजार कित्ता माग गर्न सकिने व्यवस्था छ । अधिकतम सीमाको लागि भने कुनै हद तोकिएको छैन् ।
यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले वैशाख १४ गतेपछि यी कम्पनीहरूबाट लाभांश तथा हकप्रद शेयर घोषणा भएमा प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीहरूले दिएका छन् । आवेदन विक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाडौंमा वैशाख २१ गते कार्यालयसमयभित्र पेश गरिसक्नुपर्नेछ ।