काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार १ सय रुपैयाँ बढेको हो । बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ बढेर १ हजार ५ सय २५ पुगेको छ । बुधबार १ हजार ५ सय १० थियो ।
*सच्याइएको