काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० सय रुपैयाँ कायम थियो । यो दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको भनाइ महासंघको छ ।
सोमबार चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार १८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८५२ रुपैयाँ कायम भएको छ ।