काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १ लाख १९ हजार ८८२ कित्ता संस्थाफक शेयर विक्रीमा आएको छ । शुक्रवार कम्पनीले दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, सिटिसिमल सुन्धारा, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।