चितवन। न्यू होप नमस्ते इन्भेष्टमेन्ट प्रालिको दोस्रो साधारणसभा शुक्रवार भरतपुरमा सम्पन्न भएको छ । सभाले आगामी कार्ययोजना तय गरेको बताइएको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठले आगामी वर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताए । ‘हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं,’ उनले भने, ‘देशकै तेस्रो गन्तव्य सौराहामा सम्भावना र अवसर दुवै छ ।’
कम्पनीले चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाइ छ । साधारणसभामा कम्पनीका सचिव भूपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।