
काठमाडौं (अस) । आईएमई जनरल इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालन गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त शाखाको उद्घाटन गरेका हुन् । यो कम्पनीको २३औं शाखा हो ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी कम्पनीको चुक्तापूँजी ९७ करोड २० लाख रुपैयाँ पु¥याउने सो अवसरमा बताए । अबको २ महीनाभित्र थप १६ शाखा तथा सम्पर्क कार्यालय खोलेर शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्ने उनले जानकारी दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले हालसम्म ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको बताए ।