काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा कम्पनीले असार २ गते निवेदन पेश गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले उद्योग प्रभावित स्थानीय समेत थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।