काठमाडौं । आइतवार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुनको मूल्य आइतवार प्रतितोला ३ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४९५ रुपैयाँ कायम भएको छ । आइतवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १४५ रुपैयाँमा झरेको छ । यो दिन प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८३९ रुपैयाँ तोकिएको हो ।