काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन दिन चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको महासंघको भनाई छ । आइतवार प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।