काठमाडौंं । मंगलवार पनि सुनको मूल्य घटेको छ । सोमवार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ ।
यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार मंगलवार १० ग्राम चाँदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ ।