काठमाडौं । आज चैत शुक्ल पुर्णिमा , नेपाल भाषामा पुन्हि (ल्हुति पुन्हि), उपत्यकाको उत्तर पश्चिम स्थित रहेको बालाजुमा मेला लागेको छ । धार्मिक ऐतिहासिक क्षेत्र जामाच्व: (नागार्जुन पर्वत) को फेदमा अवस्थित बाइसधारामा यस दिन श्रदालु भक्तजनको बाक्लो भिड लाग्ने गर्दछ ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ तथा पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।
तस्वीरहरू