काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा आयकर छूटको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ ।
महासंघले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल कार्यक्रममा सरकारलाई उक्त सुझाव दिएको हो ।
‘आयकरको छूट सीमा व्यक्तिलाई आठ लाख र दम्पतीलाई १० लाख गर्नुपर्छ,’ आगामी आवको बजेटबारे महासंघले दिएको सुझाव पत्रमा उल्लेख छ ।
अहिले आयकरको छूट सीमा व्यक्तिलाई पाँच लाख र दम्पतीलाई ६ लाख रुपैयाँ छ । सरकारले उक्त व्यवस्था आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत लागू गरेकाे थियो ।