काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्य विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाका बीच उनले पदबाट राजीनामा दिएका हुन् । उनले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।