काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगानीमैत्री कानूनहरू अध्यादेशबाटै भए पनि पारित गरिने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा उद्घाटन गर्दै उहाँले आगामी वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनअघि नै लगानीलक्षित कानूनहरू अध्यादेशबाट पारित गर्ने बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न अपिल गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासंघले राजनीतिक दलहरूसँग खोजेको प्रतिवद्धताप्रति सकारात्मक भएको समेत उल्लेख गर्नुभएको थियो ।