काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई ग्राहकबीच लोकप्रिय ब्राण्ड बनेको कम्पनीको दाबी छ । नयाँ क्रेटा ईभीको शुरुआतले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन सहयोग गरेको कम्पनीको भनाइ छ ।
यो गाडीको स्पेयर पाटर्स, सुपथ मूल्य, विक्रीपछिको सेवा प्रभावकारी रहेकोले ग्राहक क्रेटाबाट सन्तुष्ट रहने कम्पनीको विश्वास छ । पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकाले ग्राहकलाई विकल्प छान्न बाहिर जानु नपर्ने कम्पनीको भनाइ छ ।
अभियानअन्तर्गत कम्पनीले बिहीवार बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर)मा विशेष भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू सार्वजनिक गरिएको थियो । साथै त्यहाँ उपस्थित व्यक्तिहरूले हुन्डाईको टिमसँग गाडीसम्बन्धी जानकारी लिएका थिए ।