काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आगामी जेठ २ गते बुक क्लोज गर्न लागेको छ ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यही वैशाख १२ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोजको मिति भने तय गरेको हो ।
बुक क्लोजको आधारमा जेठ १ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।