काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको वैशाख २८ गते कायम अन्तिम शेयर मूल्य ७३८ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरी बोनसपछिको मूल्य प्रतिकित्ता ६९० रुपैयाँ ५६ पैसा तोकेको हो ।
यस कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको अघिल्लो दिन सार्वजनिक बिदा परेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनी मात्र नेको इन्स्योरेन्सको लाभांश पाउन योग्य छन् ।