logo
ढिलो समर्थन मूल्य तोक्दा खाद्य संस्थानले धान खरीद गर्न सकेन
ढिलो समर्थन मूल्य तोक्दा खाद्य संस्थानले धान खरीद गर्न सकेन
A
५ बैशाख २०८२

खाद्य संस्थान केन्द्रीय कार्यालयले धानको समर्थन मूल्य तोक्न ढिलाइ गर्दा संस्थानको सेती अञ्चल कार्यालय यस वर्ष लक्ष्यको ७ प्रतिशत मात्र धान खरीद गर्न सफल भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुरबाट संस्थानले ६० हजार क्वीण्टल धान खरीद गर्ने लक्ष्य राखेको थियो । माघ मसान्तसम्ममा जम्मा ४ हजार २ सय ७१ क्वीण्टल मात्र धान खरीद भएको संस्थानका जिन्सी सहायक जगत कुँवरले जानकारी दिए । किसानबाट धान नआएपछि अञ्चल कार्यालयले केन्द्रको निर्देशनमा मङ्सिर अन्त्य र पुसमा दुईपटक धानको समर्थन मूल्य तोकेको थियो । 

वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.